SHARE
अन्नपूर्ण · मङगलबार ११ कात्िक २०८३ ११:०० AM · 1 मिनेट पढाइ

गाँजा ओसार्न सफारी प्रयोग, जहदाबाट चालक पक्राउ

विराटनगर : मोरङको जहदामा सिटी सफारी प्रयोग गरी गाँजा ओसारपसार गर्दै गरेका चालक पक्राउ परेका छन्।सशस्त्र प्रहरीले सोमबार साँझ सफारीबाट २८ किलो ४५० ग्राम गाँजा र एक कार्टुन अर्ना बियर बरामद गरेको छ। जहदा गाउँपालिका–७ स्थित झोलुंगे पुलमा सशस्त्र प्रहरी बल नेपाल, बीओपी तारिगामाको टोलीले चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारेको हो।