SHARE
अन्नपूर्ण · मङगलबार ११ कात्िक २०८३ १०:०० AM · 1 मिनेट पढाइ

बुढीगण्डकी बाढीमा बेपत्ता भएकाहरू अझै फेला परेनन्

गोरखा : असोज २५ गतेको बुढीगण्डकी बाढीमा परी हराइरहेका ६ जना अहिलेसम्म फेला परेका छैनन्। बुढीगण्डकी बाढीको उद्गमस्थल उङ्गिलुङको हिमपहिरोमा पुरिएका पाँचजना र चुमनुब्री— ३ एक्लेभट्टीबाट बेपत्ता भएका एक जना दुई सातासम्म नभेटिएका हुन्।सेराङ्गी हिमाल र चामर हिमालको बीचमा अवस्थित धुम्बाखाप्के (होजाङ)बाट झरेको हिमपहिरोपछि आएको बाढीमा परी चुमनुब्री—६ चुम्चेत गाउँका पाँच जना बेपत्ता छन्। फिलिमबाट ड्याङतर्फ जाँदै गरेका लाप्राकका एकजना एक्लेभट्टीबाट बेपत्ता छन्।