SHARE
अन्नपूर्ण · मङगलबार ११ कात्िक २०८३ ११:०० AM · 1 मिनेट पढाइ

एनपीएलमा आज दुई खेल हुँदै : विराटनगर-चितवन र कर्णाली-जनकपुर भिड्दै

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको दोस्रो दिन आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा पहिलो खेल दिउँसो साढे १२ बजे विराटनगर किङ्स र चितवन राइनोजबीच हुँदैछ।दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन्। जनकपुर बोल्ट्स र कर्णाली याक्सको खेल साँझ ५ बजे हुनेछ।तेस्रो संस्करणको पहिलो खेलमा सोमबार साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।