SHARE
अन्नपूर्ण · मङगलबार ११ कात्िक २०८३ ११:०० AM · 1 मिनेट पढाइ

अर्घाखाँचीको मौलिक सराये नाच: तरवार र खुडाको प्रदर्शनसँगै गुञ्जन्छ ‘वाख्यै भाइ हो’

अर्घाखाँची : हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै भाइ हो’ भन्ने उत्साहपूर्ण आवाज। दसैँको उल्लाससँगै अर्घाखाँचीका शक्तिपीठ तथा भगवती मन्दिरहरूमा देखिने यो दृश्य जिल्लाको मौलिक सांस्कृतिक पहिचान बोकेको सराये नाचको हो।हिन्दूहरूको महान् पर्व बडादसैँका अवसरमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म विभिन्न दिनमा नाचिने सराये अर्घाखाँचीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत नाच हो।