SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८३ १२:०० PM · 1 मिनेट पढाइ

लागुऔषध बेचबिखनको आरोपमा महिला पक्राउ

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका–२, हल्लानगरबाट ब्राउन सुगरजस्तो देखिने लागुऔषधसहित एक महिला पक्राउ परेकी छन्। हल्लानगरस्थित २३ वर्षीया अस्मिता बोहोराको घरमा लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा शनिबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले घर खानतलासी गरेको थियो।