SHARE
लोक पथ · सोमबार १० कात्िक २०८३ ०४:४४ AM · 1 मिनेट पढाइ

ब्राजिलमा चौथो कार्यकालका लागि लुलाको जित, प्रतिद्वन्द्वी बोल्सोनारोद्वारा निर्वाचन परिणाम रद्द गर्न माग

ब्रासिलिया । ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा ५१.८ प्रतिशत मतसहित चौथो कार्यकालका लागि निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी फ्लेभियो बोल्सोनारोले ४८.२ प्रतिशत मत प्राप्त गरेका छन् । तर, उनले हार स्वीकार नगरी निर्वाचनको परिणाम रद्द गर्न माग गर्ने बताएका छन् ।