दशैंपछिको शेयर बजार कस्ताे रहला?
काठमाडौं । दशैंको लामो बिदापछि आजदेखि खुलेको शेयर बजारमा लगानीकर्ताको नजर परिसूचकको उतारचढावमा मात्रै सीमित छैन। दशैंअघि देखिएको वृद्धिले निरन्तरता पाउँछ कि पाउँदैन, बजारले नयाँ गति समात्छ कि पुनः दबाबमा पर्छ भन्ने चासो बढेको छ। दशैंअघि नेप्से परिसूचक २ हजार ६३४.१७ विन्दुमा पुगेर बन्द भएको थियो।
