एशियन लाइफ इन्स्योरेन्सका सीईओ दिनेशलाल श्रेष्ठले दिए राजीनामा, होमबहादुरलाई निमित्त जिम्मेवारी
काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ।
