SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

लहलह झुलेका धान जोगाऔं

आकाशको पानी नेपाली किसानको भर पनि हो डर पनि हो। भर यसर्थ कि आकाशको पानीकै भरमा किसान धान रोप्छन्। डर यसर्थ कि बेला कुबेला बर्सिने पानीले वर्षभरको मेहेनत खेर गइदिन्छ। काटेर थन्क्याउने बेला पानी परिदियो भने अनाजको बित्यास गर्छ। यो कात्तिक महिना नेपाली किसानले धान काटेर भण्डारण गर्ने मौसम हो। देशको मुख्यबाली धान नै किसानले राम्ररी थन्क्याउन पाएनन् भने त्यसको प्रत्यक्ष असर प्रत्येकको भान्छामा पर्छ। जीवनमा पर्छ। यतिबेला देशभरका फाँट धान झुलेर पहेँलपुर छन्।