बहामासमा पारिवारिक वियोग: दुई छोरालाई छालबाट जोगाएर आमाले गुमाइन् ज्यान
बीबीसी /इस्ट मिडल्यान्ड्स :बहामासमा आफ्ना दुई छोराहरू समुद्री छाल रिपटाइडले बगाएपछि उद्धार गर्ने क्रममा ज्यान गुमाएकी एक महिलाका श्रीमान्ले उनीहरू आफ्नो १०औं विवाह वर्षगाँठ मनाइरहेको बताएका छन्।नटिङमसायरको स्ट्यापलफोर्डकी लियान ग्रेगरी आफ्ना श्रीमान् नेथनसँग पारिवारिक भ्रमणमा थिइन्। सोही क्रममा उनीहरूका दुवै छोराहरूलाई समुद्रको तीव्र छालले बगाएको थियो। मंगलबार बालबालिकाहरूलाई पानीबाट सकुशल उद्धार गरिए पनि उनीकी आमालाई भने बचाउन नसकिएको रोयल बहामास पुलिस फोर्सले जनाएको छ।
