एनपीएल अवधिभर त्रिभुवन विश्वविद्यालय प्रवेश गर्न परिचयपत्र अनिवार्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल सञ्चालन हुने भएपछि त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय परिसरमा प्रवेश गर्ने प्राध्यापक,कर्मचारी तथा विद्यार्थीलाई परिचयपत्र साथमा ल्याउन अनुरोध गरेको छ।विश्वविद्यालय क्याम्पस,कीर्तिपुरस्थित प्रिन्सिपलको कार्यालयले आइतबार सूचना जारी गर्दै विश्वविद्यालय परिसरमा प्रवेश गर्ने सबैलाई अनिवार्य रूपमा आफ्नो परिचयपत्र साथमा ल्याउन आग्रह गरेको हो।
