कहाँ-कहाँ भए दुर्घटना, जसमा १० जनाले गुमाए ज्यान ?
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका सात जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार मकवानपुर, उदयपुर, सप्तरी, सर्लाही, रौतहट, ललितपुर र बाँकेमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल, स्कुटर, कार, विद्युतीय गाडी (ईभी), ट्रक र ई–रिक्सा संलग्न थिए ।
