भोकमरी घटाउने प्रयासमा नेपालले गर्यो प्रगति, कुपोषणको चुनौती बाँकी
काठमाडौं । विश्व भोकमरी सूचकांक (जीएचआई) २०२६ मा नेपाल १२२ देशमध्ये ७२औँ स्थानमा रहेको छ। नेपालले १०० पूर्णाङ्कमा १४.५ अंक प्राप्त गरेको छ, जुन भोकमरीको मध्यम अवस्था हो। शनिबार सार्वजनिक सूचकांक प्रतिवेदनअनुसार नेपालको भोकमरी सूचकांक सन् २०२६ मा आइपुग्दा घटेर १४.५ मा झरेको छ।
