एल क्लासिकोअघि बार्सिलोनाका १९ वर्षीय डिफेन्डरको चेतावनी, ‘यो युद्ध हुनेछ, मृत्युसम्म लड्छौँ’
काठमाण्डु – स्पेनिस फूटबलका २ चिरप्रतिद्वन्द्वी बार्सिलोना र रियल मड्रिडबिच आईतबार हुने एल क्लासिको भिडन्तअघि बार्सिलोनाका युवा डिफेन्डर जाभी एस्पार्टले आफ्नो टोली अन्तिम समयसम्म लड्ने बताएका छन् । १९ वर्षीय एस्पार्टले रियल मड्रिड विरुद्धको खेललाई ‘युद्ध’को संज्ञा दिँदै बार्सिलोनाले शतप्रतिशत प्रदर्शन गर्ने बताएका हुन् ।
