सुनसरीमा लागूऔषध बरामद प्रकरण : प्रहरीलाई फसाएको आरोप, सशस्त्रको यस्तो स्पष्टीकरण
काठमाण्डु – सुनसरीमा मोटरसाइकलसहित लागूऔषध बरामद गरिएको घटनालाई लिएर सामाजिक सञ्जालमा सुरक्षाकर्मीमाथि प्रश्न उठेपछि सशस्त्र प्रहरीले आफ्नो धारणा सार्वजनिक गरेको छ । सशस्त्र प्रहरीका अनुसार बरामद लागूऔषध लुट्ने र प्रमाण नष्ट गर्ने प्रयासका क्रममा खिचिएको भिडियोको गलत व्याख्या गर्दै सुरक्षाकर्मीलाई दोषी देखाउने प्रयास भएको हो ।
