एक सातापछि पाकिस्तानले खोल्यो इरानसँगको गब्द सीमा नाका, एलपीजी र खाद्यान्न ढुवानी सुरु
इस्लामावाद – पाकिस्तानले एक सातापछि इरानसँग जोडिएको ग्वादर जिल्लाको गब्द–रिमदान सीमा नाका पुनः सञ्चालनमा ल्याएको छ। शनिबारदेखि सीमा नाका खुलाएसँगै एलपीजी ग्यास र अत्यावश्यक खाद्यान्न बोकेका ट्रकको आवागमन पुनः सुरु भएको छ। पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित ग्वादर र इरानको सिस्तान प्रान्तलाई जोड्ने गब्द–रिमदान नाका ९गेट २५०० सन् २०२० मा औपचारिक रूपमा सञ्चालनमा आएको थियो।
