चोटका कारण शुभ कंसकार बाहिरिए, कर्णाली याक्समा शिवम तिवारी भित्रिए
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि कर्णाली याक्सले शुभ कंसकारको स्थानमा शिवम तिवारीलाई अनुबन्ध गरेको छ । हातमा चोट लागेका कारण शुभले प्रतियोगिता खेल्न नसक्ने भएपछि उनको स्थानमा शिवमलाई टोलीमा समावेश गरिएको कर्णाली याक्सले जनाएको छ । शिवमले गत प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशबाट खेलेका थिए ।
