एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार दिने घोषणा
काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी एसिया कपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख पुरस्कार दिने घोषणा गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीबारे जानकारी दिन आईतबार आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले टोलीका लागि पुरस्कार राशि घोषणा गरे ।
