‘ग्याङस्टार ब्लुज’का निर्माताले सम्हाले चलचित्र विकास बोर्डको अध्यक्ष पद
काठमाण्डु- चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले सोमबार पदभार ग्रहण गरेका छन्। उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट नियुक्तिपत्र बुझेपछि चाबहिलस्थित बोर्डको कार्यालय पुगेर कार्यभार सम्हालेका हुन्। गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। अध्यक्ष पदका लागि १२ जनाले व्यावसायिक कार्ययोजना प्रस्तुत गरेका थिए।
