एनपीएलमा लुम्बिनीको विजयी सुरुआत
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको पहिलो खेलमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । सोमबार भएको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको छ ।
