एनपीएललाई शुभकामना दिँदै गगनले भने- यो उपलब्धि पछाडि वर्षौँको संघर्ष र समर्पण छ
काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सोमबारदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अवसरमा खेलाडी, सहभागी टोली, क्यान र क्रिकेटप्रेमीहरूलाई शुभकामना दिएका छन्। थापाले नेपाली क्रिकेटले हासिल गरेको उपलब्धिका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण रहेको उल्लेख गरेका छन् ।
