अचानक चीन पुगे किम जोङ उन, दक्षिण कोरियाले राख्यो निगरानी
काठमाण्डु – उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उन चीन पुगेका छन् । उनी चीन पुगेको खबर सार्वजनिक भएपछि दक्षिण कोरियाले घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चिओङ वा देले शनिबार किमको चीन भ्रमणबारे प्रतिक्रिया दिँदै सम्बन्धित घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको हो ।
