SHARE
अन्नपूर्ण · शनिबार ८ कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेका हुन्।राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको रक्षा, जनजीविका तथा पार्टी समायोजन, सदस्यता नवीकरण र संगठन सुदृढीकरणका लागि राष्ट्रिय राजनीतिक तथा संगठनात्मक विशेष अभियानका रूपमा नेकपाले राष्ट्रिय जागरण अभियान सुरु गरेको हो।