SHARE
अन्नपूर्ण · शुक्रबार​ ७ कात्िक २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

बेलायती राजपरिवारकी मेघनले खोलिन् बुबाविरुद्धको आरोपको रहस्य

काठमाडौं : बेलायती राजपरिवारकी सदस्य मेघन मार्कलले आफ्ना बुबा थोमस मार्कलविरुद्ध सन् २०१८ मै ‘चिन्ताजनक आरोप’बारे जानकारी पाएको बताएकी छन्। उनले आफ्ना बुबासँगको सम्बन्धबाट टाढा रहनुको कारणसमेत खुलाएकी छन्।मेघनका अनुसार सन् २०१८ मा थोमस मार्कलविरुद्धका आरोप समेटिएको एउटा पत्र लन्डनको मेट्रोपोलिटन प्रहरीमा पठाइएको थियो। पछि उक्त पत्रमा उल्लेखित विषयबारे उनलाई पनि जानकारी गराइएको थियो।