SHARE
अन्नपूर्ण · शनिबार ८ कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

सर्लाहीमा ईभी गाडी र ट्रक एकआपसमा ठोक्किँदा १२ जना घाइते

काठमाडौं : सर्लाहीमा यात्रुवाहक ईभी गाडी र ट्रक एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्। ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा ईभी गाडी र साबुन बनाउन प्रयोग हुने केमिकल बोकेको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म.प्र.०४–००१ ज ००५७ नम्बरको ईभी गाडी विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–००२ ख १३२४ नम्बरको ट्रकमा ठोक्किएको हो। घाइते सबैको अवस्था सामान्य रहेको छ।