बैतडीमा देउवा पक्षको अधिवेशन : सभापतिमा वीरबहादुर विष्टको चर्चा
काठ्माण्डौँ : नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले बैतडीमा जिल्ला अधिवेशन गरेको छ । आज अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ भने बाँकी प्रक्रिया भोलिसम्म पूरा गर्ने तयारी रहेको छ ।अधिवेशनबाट जिल्ला सभापतिमा वीरबहादुर विष्ट चयन हुने सम्भावना बलियो रहेको नेताहरूले बताएका छन् । सभापतिसहित विभिन्न पदमा सहमति कायम गर्दै नेतृत्व चयन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।
