SHARE
अन्नपूर्ण · शनिबार ८ कात्िक २०८३ १०:०० PM · 1 मिनेट पढाइ

टाइगर श्राफमाथि आक्रमणको घटनामा  थप एक अभियुक्त पक्राउ

काठमाडौं : बलिउड अभिनेता टाइगर श्राफमाथि आक्रमणको घटनामा भारतको इन्दौरबाट थप एक अभियुक्त पक्राउ परेका छन्।यसअघि उक्त घटनामा राजस्थानको कोटाबाट तीन र दिल्लीबाट चार जना अभियुक्त पक्राउ परिसकेका छन्।इन्दौरका अतिरिक्त प्रहरी उपायुक्त राजेश दण्डोतियाका अनुसार आक्रमणको अनुसन्धानका क्रममा इन्दौरसँग सम्बन्ध देखिएपछि मुम्बई क्राइम ब्रान्च र इन्दौर क्राइम ब्रान्चले संयुक्त अपरेसन चलाएका थिए।संयुक्त टोलीले इन्दौरको परदेशीपुरा प्रहरी थाना क्षेत्रबाट २२ वर्षीय प्राञ्जल ठाकरानलाई नियन्त्रणमा लिएको उनले बताए।