SHARE
अन्नपूर्ण · शनिबार ८ कात्िक २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

फ्रान्स फेरि अशान्त, युरोपभरि फैलिँदै प्रदर्शनको आगो

काठमाडौं : फ्रान्समा सरकारविरोधी प्रदर्शन थप चर्किने संकेत देखिएपछि सरकारले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ। विभिन्न सहरमा लाखौँ मानिस प्रदर्शनमा सहभागी हुने अपेक्षा गरिएको छ। सम्भावित हिंसा नियन्त्रण गर्न फ्रान्स सरकारले देशभर ७० हजार प्रहरी परिचालन गर्ने जनाएको छ।प्रदर्शनलाई ध्यानमा राख्दै फ्रान्सका विभिन्न सहरमा निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ। राजधानी पेरिसका केही प्रमुख मेट्रो स्टेसनसमेत बन्द गरिएका छन्।