SHARE
अन्नपूर्ण · शनिबार ८ कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

तत्काल एमालेसँग पार्टी एकताको सम्भावना छैन : संयोजक प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले तत्काल एमालेसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन्।शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित जागरण अभियानको उद्घाटन कार्यक्रममा प्रचण्डले इतिहास र पृष्ठभूमि समीक्षा गर्न आवश्यक रहेको उल्लेख गर्दै तत्काल एकताको सम्भावना नरहेको बताएका हुन्। उनले नेकपा (एमाले)भ्रष्टाचारको संरक्षण गर्ने र आफ्नो पार्टी भ्रष्टाचारविरुद्धको लडाइँ लड्ने पार्टी भएको समेत जिकिर गरे।