उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा
काठमाडौं : उत्तर कोरियाली नेता किम जोङ उन शनिबार चीन पुगेका छन्। दक्षिण कोरियाली सरकारी अधिकारीका अनुसार किम उत्तर कोरिया र चीनलाई जोड्ने हालै सञ्चालनमा आएको नयाँ यालु नदी पुल हुँदै चिनियाँ सीमावर्ती सहर डान्दोङ पुगेका हुन्।दक्षिण कोरियाली अधिकारीले किम नयाँ यालु नदी पुल पार गरेर चीन प्रवेश गरेको जानकारी दिएका हुन्। सार्वजनिक रूपमा बोल्ने अधिकार नभएकाले ती अधिकारीले आफ्नो नाम खुलाउन नचाहेको रोयटर्सले जनाएको छ।
