SHARE
अन्नपूर्ण · शनिबार ८ कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

बाँकेमा दुई कार एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं : बाँकेमा दुई वटा कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।राप्तीसोनारी गाउँपालिका–१, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्।