आज बडादसैंको तेस्रो दिन,मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
काठमाडौं : विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादसीमा पनि टीका र जमरा लगाएर दसैं मनाइँदैछ । नवदुर्गाको प्रसादका रूपमा आज पनि मान्यजनका हातबाट टीका र जमरा लगाएर बडादसैं मनाइएको छ । विजया दशमीमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मान्यजनहरुबाट आशीर्वाद लिने गरिन्छ ।गत बुधबार बडादसैंको मुख्य दिन अर्थात् विजयादशमी हो।
