हप्ता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुनु आवश्यक छैन : मौसमविद्
काठमाण्डु – जल तथा मौसम विज्ञान विभागले आगामी मंगरबारदेखि मुलुकको केही भूभागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट गरे ।
