एक व्यापारीको मृत्यु प्रकरणमा मुछिएकी श्रद्धाको 'नेपाल कनेक्सन' खोज्दै भारतीय प्रहरी
काठमाडौं : भारतको उत्तर प्रदेशस्थित लखनउका व्यवसायी शिवा शर्माको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेकी श्रद्धा दुबेले प्रहरीको अधिकांश प्रश्नको जवाफ दिन अस्वीकार गरेकी छन्। नेपाल किन गएको, आफूसँग रहेको नगद कहाँबाट आयो र घटनाका बेला फ्ल्याटमा को-को उपस्थित थिए भन्ने प्रश्नमा उनले ‘मसँग होइन, मेरो वकिलसँग कुरा गर्नुहोस्’ भन्दै जवाफ दिन टारेकी हुन्।
