SHARE
अन्नपूर्ण · बिहीबार ६ कात्िक २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी,साढे १ करोड बढीको क्षति

बाँके : जानकी गाउँपालिका-५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयल (फलाम इन्जिनमा प्रयोग हुने तेल) को ट्यांकीमा लाइन सर्ट सर्किट भई आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।बिहीबार बिहान करिब ०१:३० बजे ट्यांकीमा सर्ट सर्किट भई एक्कासी आगलागी भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।