SHARE
अन्नपूर्ण · बिहीबार ६ कात्िक २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदी पक्राउ

काठमाडौं : जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका-६, धर्मस्थली बस्ने ४६ वर्षीय चन्द्र दमाई केसी हुन्।मानव बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार, जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका उनी गत वर्ष भदौ २५ गते जेनजी आन्दोलनका क्रममा फरार भएका थिए।