चार श्रीमतीबाट ५८ सन्तान, सबैको नाम पनि याद छैन
काठमाडौं : अफ्गानिस्तानमा ठूलो परिवार र धेरै बालबालिका भएका दम्पतीलाई सामान्य मानिन्छ, तर उरुज्गान प्रान्तका बासिन्दा मोहम्मद सादिकको परिवार सायद देशकै सबैसँग ठूला परिवारहरूमध्ये एक हो।मोहम्मद सादिकका चार जना श्रीमतीबाट ५८ जना बालबालिका छन्। उनको सबैभन्दा कान्छो बच्चा केही हप्ताअघि मात्र जन्मेको हो। यति ठूलो परिवारको पालनपोषण गर्नु उनका लागि लागि एउटा ठूलो चुनौती बनेको छ।बीबीसीका अनुसार, उनको सबै प्रयास बालबालिकाका लागि दिनहुँ खानपिनको बन्दोबस्त कसरी गर्ने भन्नेमै केन्द्रित रहन्छ।
