पर्यटनको लागि हजार माइलको यात्राको पहिलो पाइला : अपि हिमाल पर्यटन उत्सव, २०८३
चिनियाँ दार्शनिक लाओत्सेले भनेका छन्,‘हजार माइलको यात्रा एउटै पाइलाबाट सुरु हुन्छ।’यो भनाइ पदयात्रामा मात्र होइन, कुनै गाउँ, समाज वा भूगोलको आर्थिक र सामाजिक रूपान्तरणको अभियानमा पनि उत्तिकै सान्दर्भिक हुन्छ।सुदूरपश्चिमको उत्तरपूर्वी छेउ, दार्चुलाको हिमाली काखमा रहेको अपिहिमाल गाउँपालिकाले अहिले त्यही पहिलो पाइला चाल्दैछ। यही कार्तिक १७ देखि १९ गतेसम्म आयोजना हुने 'अपिहिमाल पर्यटन उत्सव, २०८३' यही सङ्कल्पको व्यावहारिक रूप हो।
