ट्राफिक नियम उल्लङ्घन गर्ने ११५ सवारीचालक कारबाहीमा
काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ११५ सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान ६ बजेसम्मको विवरणअनुसार २४ घण्टाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकलाई कारबाही गरिएको हो।कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७९ जना,सीसीटीभीबाट पहिचान भएका, ५ जना र रातो बत्ती उल्लङ्घन गर्ने ४ जना रहेका छन्। त्यस्तै, अन्य कसुरमा २७ जना कारबाहीमा परेका छन्।
