SHARE
अन्नपूर्ण · आइबार​ २ कात्िक २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

भारत : कोलकातामा दुर्गा पूजाका क्रममा भागदौड, १९ जनाको मृत्यु

काठ्माण्डौँ :  भारतको कोलकातामा दुर्गा पूजा पण्डालको एक भाग भत्किएपछि मच्चिएको भागदौडमा १९ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।उत्तरी कोलकाताको चोरबागान सार्वजनिक दुर्गा पूजा पण्डालमा सप्तमीको साँझ भारी वर्षाका बीच ठूलो संख्यामा मानिसहरू जम्मा भएका बेला दुर्घटना भएको बताइएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार भीडको चाप बढेपछि पण्डालको एक भाग भत्किँदा भागदौड मच्चिएको हो ।घटनामा घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।