क्षणिक स्वार्थको चक्रव्यूहमा समाज : डिजिटल भीड र न्यायको संकट
अहिले हाम्रो नेपाली समाज एउटा अनौठो र डरलाग्दो बाटोतिर गइरहेको छ । कसैको व्यक्तिगत गोपनीयता के हो, कानुनी राज्यको मर्यादा कस्तो हुनुपर्छ र एउटा व्यक्तिले गल्ती नै गरेको अवस्थामा पनि उसलाई सजाय दिने आधिकारिक निकाय कुन हो भन्ने कुरा समाजले बिर्सिँदै गएको भान हुन्छ ।
