एकैपटक १३ सयजना सशस्त्र प्रहरी जवान दीक्षित (तस्बिरहरू)
काठमाण्डु- सशस्त्र प्रहरी बल, नेपालका १ हजार २९६ जना जवान आधारभूत तालिम पूरा गरी दीक्षित भएका छन्। करिब ११ महिनाको तालिम सम्पन्न गरेका उनीहरू बिहीबार दीक्षित भएसँगै राष्ट्र र नागरिकको सेवामा खटिन कार्यक्षेत्रमा प्रवेश गरेका हुन्।
