SHARE
अन्नपूर्ण · सोमबार २६ असो २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

पर्सामा निःशुल्क आँखा शिविर : २ सय ३१ जनाले गराए मोतिबिन्दुको शल्यक्रिया

हेटौंडा : हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजना तथा तिलगंगा आँखा उपचार केन्द्र (निचुटा, पर्सा) को समन्वयमा पर्सा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरबाट १ हजार ३ सय ६२ जना लाभान्वित भएका छन्।फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोग तथा पटेर्वा सुगौली गाउँपालिकाको स्थानीय सहकार्यमा गत असोज १७ देखि २२ गतेसम्म पर्साका विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको थियो।