मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम अस्वीकृत
काठमाडौं : मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम अस्वीकृत भएको छ। संसदीय सुनुवाइ समितिले बुधबार खरेलको नाम अस्वीकृत गरेको हो।आर्थिक लेनदेनलगायतका विषयमा गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन नगरेको हो। यसअघि सुनुवाइ समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम पनि अस्वीकृत गरेको थियो। त्यस्तै भारत, चीन, अमेरिका, बेलायत, जर्मनीलगायत १० देशको राजदूतको नाम भने सुनुवाइ समितिले अनुमोदन गरेको थियो।
