इनर्जी ड्रिंकको अनियन्त्रित बजार : ऊर्जाका नाममा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड
काठमाडौं : तत्काल ऊर्जा तथा स्फूर्ति दिने दाबी गरिने ‘इनर्जी ड्रिंक’ले साँच्चै शरीरलाई ऊर्जा दिइरहेका छन् वा उपभोक्तालाई थाहै नदिई स्वास्थ्य जोखिमतर्फ धकेलिरहेका छन् ? विद्यालय र कलेज जाने किशोरकिशोरीदेखि युवापुस्तासम्म यस्ता पेय पदार्थको बढ्दो पहुँच, स्वास्थ्यसम्बन्धी चेतावनीविनाका आकर्षक विज्ञापन र गुणस्तरमाथि विज्ञहरूले प्रश्न उठाएका छन्।
