SHARE
अन्नपूर्ण · बुधबार २८ असो २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

भारत, चीन र अमेरिकासहित १० देशका प्रस्तावित राजदूतको नाम सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौं : संसदीय सुनुवाइ समितिले भारत र चीनसहित १० देशका राजदूतहरूको नाम अनुमोदन गरेको छ। बुधबार बसेको सुनुवाइ समितिको बैठकले भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चल नाथ पाण्डेको नाम अनुमोदन गरेको हो।त्यस्तै सुनुवाइ समितिले चीनका लागि प्रस्तावित राजदूत कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जङ्ग थापा, बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जबरा, जर्मनीका लागि प्रस्तावित राजदूत सरू जोशी र इजरायलका लागि प्रस्तावित राजदूत सुरेश कुमार कर्णको नाम अनुमोदन गरेको हो।