SHARE
अन्नपूर्ण · बुधबार २८ असो २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

साउदी अरबिया लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम अस्वीकृत

काठमाडौं : साउदी अरबियाका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम अस्वीकृत भएको छ। बुधबार संसदीय सुनुवाइ समितिबाट सुनारको नाम अस्वीकृत भएको हो।यसअघि उनीमाथि सांसदहरूले विभिन्न कसूरका विषयमा प्रश्न सोधेका थिए। जवाफमा उनले आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको बताएका थिए। उनले १३ वर्ष पहिले एक महिलासँग  प्रेम सम्बन्ध रहेको र त्यस क्रममा विवाद भएर ललितपुर प्रहरी कार्यालयमा मिलापत्र भएको बताएका थिए।