SHARE
अन्नपूर्ण · बुधबार २८ असो २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

रुबिन र इभानालाई स्वर्ण

काठमाडौं : एभीएम टेबलटेनिस क्लबकाद्वय रुबिन महर्जन र इभाना थापाले नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपमा बुधबार स्वर्ण जितेका छन् । यु–२१ सिंगल्सको ब्वाइजमा रुबिन र गल्र्समा इभानाले स्वर्ण जितेका हुन् ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको यु–२१ ब्वाइज सिंगल्समा नेपाल प्रहरीका गनन्जय दाहाल दोश्रो तथा भिजन टेबलटेनिस क्लबका समिर खत्री र यल टेबलटेनिसका रिजन शाक्य तेश्रो भए ।