महामन्त्री भएपछि उदयले भने, ‘कांग्रेसको सुन्दरता नै लोकतान्त्रिक प्रतिस्पर्धा हो’
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित उदय शमशेर राणाले लोकतान्त्रिक प्रतिस्पर्धा नै कांग्रेसको सुन्दरता भएको बताएका छन्। महामन्त्रीमा निर्वाचित भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राणाले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन्।
