बुढीगण्डकी बाढीपछि गोरखमा सडक पूर्ण रूपमा अवरुद्ध, कस्तो छ अन्य राजमार्गको अवस्था ? (सूचीसहित)
काठमाण्डु – गोरखामा बुढीगण्डकी नदीमा आएको बाढीले दुई वटा पक्की पुल बगाएपछि गोरखमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। अन्य जिल्लाका केही सडक भने एकतर्फी सञ्चालनमा आएका छन्। गोरखाको आरुघाट गाउँपालिकाका वडा नम्बर २ र ३ तथा वडा नम्बर ९ स्थित नयाँपुल क्षेत्रमा क्षति पुर्याएको हो। यस्तै आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरोध छ।
